शहरी विकास मन्त्री झाँक्रीले पार्टीलाई समय दिन नसकेकोमा नेता कार्यकर्तासँग मागे माफी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं : शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पार्टीलाई समय दिन नसकेकोमा नेता कार्यकर्तासँग माफी मागेकी छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता अघि सरकारी र प्रशासनिक काम गरिसक्नुपर्ने भएकाले त्यसमा व्यस्त हुँदा पार्टीलाई समय दिन नसकेको उनले उल्लेख गरेकी छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

चुनावको समयमा पार्टीका नेता कार्यकर्तालाई नभेटेको भन्दै एकीकृत समाजवादीमा झाँक्रीप्रति असन्तुष्टि बढेका बेला उनले माफी मागेकी हुन्।

‘कतिपय साथीहरू मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन। कतिपय साथीहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु,’ उनले भनेकी छन्।

यो हप्तापछि नियमित पार्टी काममा फर्किने उनको भनाइ छ।

उनले ट्वीटरमा भनेकी छन्।”निर्वाचन आचार संहिता लाग्नुभन्दा अगाडि गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा यो हप्ता एकदमै व्यस्त छु,।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.