कुवेतमा एक नेपालीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दोहा कतार – वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन् ।

विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पछिल्लो केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्किन खोज्दा नेपाली दूतावासबाट फिङ्गर गरेर डिटेन्सन सेन्टर पुर्‍याइएको थियो। तर उनको स्वास्थ्यमा थप गम्भीर समस्या देखिएपछि डिटेन्सन सेन्टरले पनि लिन मानेको थिएन ।

तर दूतावासले एक दुई दिनभित्र जसरी भएपनि नेपाल पठाइदिन अनुरोध गरेपछि डेटेन्सन सेन्टरले स्वीकार गरे पनि उडान हुने दिनसम्म उनको अवस्था नाजुक देखेपछि एयरलाइन्सले फिर्ता पठाएको थियो।

त्यसपछि त्यहाँको हसवियास्थित फर्वानिया हस्पिटलमा तीन दिनको उपचार पछि नेपाल उड्न एयरपोर्ट पुगेका अर्याललाई उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै एयरलाइन्सले पुनः फिर्ता पठाएको थियो।

त्यसपछि पुनः हस्पिटलमा लगेर उपचाररत भइरहेको अवस्थामा उनको शुक्रबार मृत्यु भएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनको शव चाँडै नेपाल पठाउने तयारी थालिएको दूतावासले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.