एजेन्सी : अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।
दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो।
उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन्।