डडेल्धुरामा पहिरोबाट खसेको ढुंगा लागेर एक किशोरको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा पहिरो संगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऎरको मृत्यु भएको हो।

Dadeldhura Hospital

हिजो शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको वडा नम्बर २ रडुवामा पहिरो संगै आएको ढुंगा लागेर टाउकोमा चोट लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

म१ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.