मुगुमा एकै परिवारका चार जना मृत फेला

sc mahendra

मुगुः मुगुको छायाँनाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका चार जना मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत भेटिएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा रहेका छन्। अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। घटनाको थप अनुसन्धान गर्न प्रदेशको टोली पठाएको पनि उनको भनाइ छ।

You might also like
Leave A Reply

Your email address will not be published.