मोटरसाईकल दुर्घटना हुदा परशुराम घर भएका बिष्टको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

गोदावरीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
कैलालीको गोदावरिमा गए राती करिव ८:४० बजे साझ सु.प.प्र.०२-००३-प-६०५८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा परशुराम ११ बस्ने बर्ष २१ को खडक बिष्टको मृत्यु भएको हो ।
पहाडबाट तराइ तर्फ गईरहेको मोटरसाईकल अनियन्त्रित भै गोदावरी नगरपालिका ४ गाइमारेमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गए राती करिव २:३० बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.