डडेल्धुरामा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुरामा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने उल्लेख गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेद्धारा जारी सूचनामा देउसी भैलोका कार्यक्रम रातको १० बजेसम्म सञ्चालन पाइने भनिएको छ ।

तिहार, छठ लगायतका पर्वहरूलाई मर्यादित र व्यवस्थित बनाउन अन्य चार वटा निर्णय पनि भएको उक्त सूचनामा उल्लेख छ ।

तिहार मनाउने क्रममा पटका, आतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न, कृत्रिम फूलमाला प्रयोग नगर्न र कानूनले निषेध गरेका जुवा तास, खडगडे जस्ता क्रियाकलापहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.