राष्ट्रिय सभा निर्वाचनको टिकट पाउन डडेल्धुराका कांग्रेस नेता साउदको पनि दौडधुप

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

मसिंर २८ काठमाण्डौ : राष्ट्रिय सभा निर्वाचनको टिकट पाउन डडेल्धुराका कांग्रेस नेता भिम बहादुर साउद सहित सुदूरपश्चिमका अन्य कांग्रेस नेताले दौडधुप सुरु गरेका छन्।

फागुन २० मा (एक जना मनोनीत सहित) २० सांसद ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन्। यसरी रिक्त हुने १९ पदका लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति तय गरिसकेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनमा टिकट नपाएर र पराजित भएकाका नेताहरु राष्ट्रियसभा उम्मेदवारका लागि मुख्य दौडमा देखिएका छन्।

कांग्रेसले राष्ट्रपतिबाट मनोनीत एक सदस्य बाहेक १९ सिटमध्ये कम्तीमा ९ स्थान पाउने सम्भावना छ। कांग्रेसले सुदूरपश्चिममा एक सिट पाउने सम्भावना छ। तर, उम्मेदवार कसलाई बनाउने भन्नेबारे कसैले मुख खोलेका छैनन्।

काँग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश समेत रहेको सुदूरपश्चिमबाट नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद, केन्द्रीय सदस्यद्वय यज्ञयराज जोशी र गोविन्दबहादुर शाहको लबिङ तीव्र छ।

कांग्रेसका एक पदाधिकारी अनुसार राष्ट्रिय सभा सदस्यमा धेरैलाई बचन दिएकाले सभापति देउवा सकस छ। गत आम चुनावमा गठबन्धनका कारण उम्मेदवार हुन वञ्चित भएका अधिकांशलाई राष्ट्रिय सभामा ल्याउन देउवाको बचन दिएको पाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.