उसु खेलाडी खड्काको परिवारलाई क्षतिपूर्ति दिन सुदूरपश्चिम प्रदेश सरकारसँग माग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : नेपाल खेलकुद महासंघ सुदूुरपश्चिम प्रदेश कमिटि, धनगढीले कपिलवस्तुमा गाडी दुर्घनामा निधन भएका उसु खेलाडीको परिवारलाई क्षतिपूर्ति र घाइते भएका खेलाडीको उपचारको लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ।

Dadeldhura Hospital

आइतबार एक विज्ञप्ती जारी गर्दै महासंघले घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिदिन सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अध्यक्ष प्रकाशकुमार चन्दद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘मकवानपुर जिल्ला उसु संघ, हेटौडा, मकवानपुरको आयोजनामा पुस ११ र १२ गते सञ्चालित अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशवाट सहभागी भएका खेलाडी सवार बस पौष १३ गते राती दुई बजेको समयमा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट १५ किलोमिटर टाढा चोरमारा खोला नजिक दुर्घटना भई उक्त दुर्घटनामा परी उसु खेलाडी निता खड्काको असामयिक निधन भएको र बसमा सवार अन्य खेलाडीहरु पुष्पा कुंवर, सपना तामाङ्ग, सृजना वि.सी., मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु वि.क. तथा निर्णायकहरु खुशीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेकाले उक्त सवारी दुर्घटनामा परी निधन भएका मृतक खेलाडीप्रति हार्दिक श्रद्धान्जली एवं शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै यस घट्नाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिदिन हुन सुदूरपश्चिम प्रदेश सरकारसँग विशेष अनुरोध गर्न चाहन्छु।’

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.