बँदेलको आक्रमबाट डोटीमा एक महिलाको मृत्यु

sc mahendra

डोटीः डोटीमा बँदेलको आक्रमबाट एक महिलाको मृत्यु भएको छ।

केआइसिंह गाउँपालिका–१ मा बँदेलको आक्रममा परेर घाइते भएकी बसीनाकी करिब ३५ वर्षीया जगुलीदेबी भुलको मृत्यु भएको हो। मंगलबार विहान ७२ वर्षीय भगी भुल र जगुलीदेबीलाई बँदेलले आक्रमण गरेको थियो। दुबै जनालाई उचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेबीको बिच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए।

जगुलीदेबीको टाउँको र दुबै खट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टले बताए। भगी भुलको भने टाउँकोमा सामान्य चोट लागेको छ। विहान ९ बजे घर नजिकैको खेतमा घास काट्ने क्रममा बदेलले आक्रम गरेको थियो

You might also like
Leave A Reply

Your email address will not be published.