सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा जाने महिलाको पनि लर्को

एक हजार पाँच सय २६ महिलाले लिए श्रमस्वीकृती

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिमबाट पनि वैदेशिक रोजगारीमा जान महिलाहरुको लर्को लाग्ने गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्र सुदूरपश्चिमबाट एक हजार पाँच सय २६ महिलाले वैदेशिक रोजगारीमा जान भन्दै श्रमस्वीकृती लिएका छन्। विशेष गरी वैदेशिक रोजगारीमा जाने यहाँका महिला कामदारको पहिलो रोजाइ दुबई बन्ने गरेको छ। सहज प्रक्रिया र कानुनी रूपमा खुला मुलुक भएकाले पनि नेपाली महिला कामदार दुबईप्रति आकर्षित भएका हुन्।

Dadeldhura Hospital

नेपाली महिला कामदार रोजगारीमा जाने १० मुलुकमध्ये युएई, कतार, जोर्डन, साइप्रस, कुवेत, माल्टा, टर्की, बहराइन र ओमान हुन्। यस क्षेत्रबाट अधिकांश महिलाहरु घरेलु कामदारका रुपमा विदेशीने गरेका छन्। विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरु खाडी मुलुक जान इच्छुक हुने गरेका छन्।घरेलु कामदारका रुपमा खाडी मुलुक जाने महिलाले सामान्यतया महिनाको ३० देखि ४५ हजार रुपैयाँ आम्दानी गर्छन्। औद्योगिक कामदारका रुपमा जाने महिलाको संख्या भने न्युन छ। घरेलु कामदारका रुपमा जानेहरुलाई घरमालिकले विदेशमा रहेका दुतावास मार्फत विभागमा सेवा, सुविधा लगायतका विषयमा स्पष्ट गर्नुपर्ने प्रावधान छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुदूरपश्चिमबाट आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा २५ हजार ९ सय ३७ जना पुरुष तथा १ हजार ५ सय २६ महिला गरी कुल २७ हजार ४ सय ६३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंक धनगढीको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ। जुन समग्र देशभरिबाट श्रम स्वीकृति लिने संख्याको झण्डै ५ दशमलव ५६ प्रतिशत हुन आँउछ। समीक्षा वर्षमा यस प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १७२ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.