डडेल्धुराको जोगबुडा पुगेर ओलीले भने,म उद्घाटनको बत्ति बाल्न मात्र आएको होइन,

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  डडेल्धुरामा आफु उद्घाटनको बत्ति बाल्न मात्र नआएको बताएका छन् ।

आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदानमा एमाले डडेल्धुराको ९ औं अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले आफु डडेल्धुरामा अधिबेशन उद्घाटनको बत्ति बाल्न मात्र नआएको बताएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रममा बोल्दै ओलीले भने म यहां अधिबेशनको बत्ति बाल्न मात्र आएको होइन मत यस अबसरमा यहांका आमाबुवा दाजुभाईसंग भेट गरेर यहांको कुराहरु सुन्न,समस्या बुझ्न र समस्याको समाधानको काम भोलीबाट सुरु गर्न पाइन्छ कि भनेर आएको हुं ।

उनले थपे , बत्ती बाल्नको लागी त आफुले जो कोहिलाई पनि पठाउन सक्ने , बत्ती बाल्न नसक्ने को छ र ? भन्दै मजाक सम्म गरे । ओलीले मुख्य कुरा यहांको बिकास हो परिबर्तन हो,यस ठाउंको रुपान्तरण भएकाले आफु डडेल्धुराको परशुराममा आउनु परेको बताए ।

आफु प्रधानमन्त्री हुँदा देशभर तीन सय ९६ अस्पतालको शिलन्यास गरेको  स्मरण गर्दै उनले परशुराममा अस्पताल भएको कारण नपरेको र आलितालमा परेको बताए।

Dadeldhura Hospital

शेरबहादुर जी मेरो पुरानो मित्र। पुरानो मित्रको गाउँपालिकामा पनि एउटा अस्पताल बनाउ भनेर राखेको थिए। केपी ओलीले हालेको कार्यक्रम भनेर हटाइदिनु भयो,’ उनले भने, ‘त्यहाँको अस्पतालमा म सिटामोल ल्याउन जाने होइन नी त्यहाँका जनताले उपचार पाउँथे। अब गन्यापधुरामा एउटा अस्पताल बनाउँछु। यो कुरा शेरबहादुर जीले सुन्नुहुन्छ।’

उनले आफू प्रधानमन्त्री हुँदा देशमा धेरै राम्रो काम भएको दाबी गरे। पुरानो गठबन्धनले देशको आर्थिक अवस्था कमजोर भएको उनको जिकिर छ।

‘उनले भने ,डडेल्धुरामा नेकपा एमाले दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलीभिजनले खुलेआम देखाएको हुन्छ,’ ‘सत्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’

त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए। तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवी भन्ने। मिस पवीले जोड गरेकै हुन्। विचारा एउटी मिस पवी के गरून्।’

उनले डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको बताए। उनले अब नेकपा एमाले डडेल्धुराले कसैलाई सघाउन जानेभन्दा पनि एक्लै लड्ने जित्ने कार्य गर्ने जिकिर गरे।

‘रोष्टमबाट मैले मेरा मित्र शेरबहादुर जीलाई सोधे, ‘शेरबहादुर जी पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि गरेको एउटा राम्रो काम बताउनुस् त ’ तर, उहाँले जवाफ फर्काउन सक्नु भएन्,’ उनले भने, ‘काँग्रेसका नेता सत्ताजीवि, चिरञ्जीवी र बुढेसकालसम्म नेतृत्व पाइरहुन।’

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.