संसदीय व्यवस्था ख्याल गर्न सुदूरपश्चिममा कांग्रेस र नाउपाले गरायो सभामुखको ध्यानाकर्षण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले प्रदेश सभाका सभामुखको ध्यानाकर्षण गराएको छ ।

नाउपाकी समानुपातिक सांसद इन्दिरा गिरीको कारबाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि दुई दलका नेताहरूले मंगलबार बिहान संयुक्त रुपमा भेटेर ध्यानाकर्षण गराएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रदेश सभा सदस्यलाई संसदीय दलले मात्र कारबाही गर्न पाउने भए पनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारबाही सदर गरेकाले लिखित रुपमा ध्यानाकर्षण गराइएको नाउपाका प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताए । उनले नाउपा संसदीय दलले कुनै पनि सांसदलाई कारबाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

नाउपा संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरीलाई जिम्मेवारी मुक्त गर्दै कैलाश चौधरीलाई जिम्मेवार दिएको पत्र समेत प्रदेश सभा सचिवालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पठाएकी छन् । तर घनश्यामले भने ७ जना सांसदले आफूलाई दलको नेता चयन गरेकाले अहिलेसम्म आफै कायम रहेको दाबी गरेका छन् ।

नाउपासँगै सभामुखलाई भेटेका कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले पनि संसदीय अभ्यासअनुसार अघि बढ्न सभामुख भण्डारीलाई सुझाव दिइएको बताए ।

पार्टीले गरेको सिफारिसका आधारमा सांसदलाई कारबाही गर्न थाल्यो भने अन्य दलका सांसद समेत नरहने अवस्था आउने भएकाले सभामुखको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.