अज्ञात समुहद्वारा स्कूल बसमा आगजनी

sc mahendra

धनगढी– चितवनको भरतपुरमा अज्ञात समुहले स्माल हेभन स्कुल कल्याणपुरको बसमा आगजनी गरेको छ ।

विद्यार्थी बोक्ने बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको संख्यामा रहेको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको छ ।
आगजनीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा पुगेका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.