डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्।

Dadeldhura Hospital

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ५ गोलेथर बस्ने सलुवा खडायतका छोरा अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विवाहित खडायत परिवार घरबाट भारत जान्छौं भने हिँडेका थिए, सिमानाकामा आवश्यक कागजात फेला नपरेपछि खडायतका श्रीमान श्रीमतीलाई फर्काइएको थियो त्यसपछि खडायतको परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका-१० सिद्धदेवी टोलमा रहेको आफ्नो काकाको घरमा पुगेका थिए। पारिवारिक जानकारी अनुसार श्रीमान श्रीमतीको सामान्य झगडामा खडायतले पासो लगाएर आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।  खडायतको पार्थिक शरीरलाई अहिले पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.