गेटा अस्पतालको नयाँ निर्देशकमा डा. प्रमोद यादव

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको धनगढीस्थित गेटा अस्पतालको नयाँ निर्देशकमा डा. प्रमोद यादव नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार डा. यादवलाई निर्देशक पदको जिम्मेवारी दिइएको हो।

Dadeldhura Hospital

डा. यादव एक अनुभवी सर्जन हुन्। हाल उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औं तहका चिकित्सकका रूपमा कार्यरत छन्। यसअघि उनले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा सेवा गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गेटा अस्पतालका पूर्वनिर्देशक डा. अशोक श्रीपाइलीले गत माघ ६ गते राजीनामा दिएका थिए। उनले मात्र तीन महिनामै पदबाट राजीनामा दिएपछि अस्पताल नेतृत्वविहीन बनेको थियो। डा. यादवको नियुक्तिसँगै गेटा अस्पतालले नयाँ नेतृत्व पाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.