अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

sc mahendra

अछाम — अछामको साँफेबगर नगरपालिका–५ मा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। ४२ वर्षीय डम्मरबहादुर कुँवरको चैते दशैँको अवसरमा खाएको मासु घाँटीमा अड्किँदा ज्यान गएको हो।

 

कुँवरले घरमा काटिएको खसीको मासु खाएका थिए। पकाएर खाइरहेको अवस्थामा मासु घाँटीमा अड्किएपछि उनी बेहोस भएका थिए। परिवार र स्थानीयवासीहरूले तत्कालै उनलाई उपचारका लागि बयलपाटा अस्पताल पुर्याएका थिए। तर, अस्पतालले उनलाई शनिबार दिउँसो मृत घोषणा गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.