बैतडीमा स्कुल बसबाट खसेर एक शिक्षकको मृत्यु

sc mahendra

बैतडी, वैशाख ७ – बैतडीमा स्कुल बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ।

शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वरको चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्टको बसबाट खसेर मृत्यु भएको हो।

विद्यार्थी भर्ना अभियानअन्तर्गत प्रचारप्रसारका लागि गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ जाँदै गर्दा महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा बसको ढोकाबाट खस्दा उनी गम्भीर घाइते भएका थिए।

भट्टलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

घटनापछि बस चालक शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.