परशुराम नगरपालिकाको ८० करोडभन्दा बढीको बजेट सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, असार १० – परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८० करोड ४९ लाख ४१ हजार ४ सय ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
मंगलबार नगरप्रमुख भरत वडायर जोशीको अध्यक्षतामा सम्पन्न नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख विमला कुमारी बोहरा (महता)ले बजेट प्रस्तुत गर्नुभएकि हुन् ।

Dadeldhura Hospital

संविधानको व्यवस्था र सरकार सञ्चालन ऐन, २०७४ अनुसार ल्याइएको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ। उपप्रमुख बोहराका अनुसार दायित्व, चालू र पूँजीगत खर्च, संघीय र प्रदेश सरकारको समपूरक बजेट तथा आन्तरिक राजस्वको अनुमानका आधारमा बजेट निर्माण गरिएको बताइन।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नगरप्रवक्ता खगेन्द्र बहादुर सिंहले असार ७ गते टेबल गरिएको नीति तथा कार्यक्रम पनि पारित भइसकेको जानकारी दिनुभयो। नगरसभाको अर्को बैठक असार १४ गते बिहान १० बजे बस्नेछ, जसमा प्रस्तुत बजेटमाथि दफावार छलफल हुने बताइएको छ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख बोहराले, जनताको आवश्यकता र मागअनुसार बजेट बनाइएको छ। केही शीर्षकमा बाध्यता भए पनि समग्रमा विकास र सेवामुखी कार्यक्रमलाई प्राथमिकता दिइएको बताइन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.