कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला

sc mahendra

धनगढीः कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ।

गोदावरी नगरपालिका–२ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए। उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.