कञ्चनपुरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर — कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन्।

Dadeldhura Hospital

सोमबार भारतीय नङग्रा जंगलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा दोधाराचाँदनी नगरपालिका–६ कालागड टोलका कालु सुनारको परिवारका सदस्यहरु बिरामी परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर सुनारका अनुसार कालु सुनारसहित उनका नातिनीहरू ८ वर्षीया मन्सु सुनार, १८ वर्षीया निशा सुनार, १६ वर्षीय नाति भीम सुनार र १२ वर्षीय बसन्त सुनार बिरामी भएका हुन्।

उनीहरूको दोधाराचाँदनी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले जथाभावी जंगली च्याउ नखान र सचेत रहन सबैलाई अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.