कञ्चनपुरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

sc mahendra

कञ्चनपुर — कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन्।

सोमबार भारतीय नङग्रा जंगलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा दोधाराचाँदनी नगरपालिका–६ कालागड टोलका कालु सुनारको परिवारका सदस्यहरु बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर सुनारका अनुसार कालु सुनारसहित उनका नातिनीहरू ८ वर्षीया मन्सु सुनार, १८ वर्षीया निशा सुनार, १६ वर्षीय नाति भीम सुनार र १२ वर्षीय बसन्त सुनार बिरामी भएका हुन्।

उनीहरूको दोधाराचाँदनी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले जथाभावी जंगली च्याउ नखान र सचेत रहन सबैलाई अनुरोध गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.