डडेल्धुरा आलिताल घर भएका लामीछानेको टिप्पर मर्मत गर्ने क्रममा पोखरामा मृ*त्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, ५ भदौ । डडेल्धुराको आलिताल गाउँपालिका–५ भित्रिसैन निवासी खडक बहादुर लामीछानेका छोरा अन्दाजी ४० वर्षीय तेजबहादुर लामीछानेको पोखरामा दुर्घटनामा परि मृत्यु भएको छ।

Dadeldhura Hospital

कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ याम्दीस्थित दवाडी अटोपार्टसमा मंगलबार दिउँसो करिब ४ बजे ग १ क ५१५५ नम्बरको टिप्पर मर्मत गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। गियर बक्स खोल्ने क्रममा अचानक टिप्परको हाईड्रोलिक पाइप फुटी ढाला खस्दा लामीछाने च्यापिएर गम्भीर घाइते भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्थानीयको सहयोगमा उनलाई उद्धार गरी करिब ४ बजेर ५५ मिनेटमा मणिपाल शिक्षण अस्पताल पठाइए पनि उपचारकै क्रममा साँझ ५ बजेर १४ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

कामको सिलसिलामा पोखरा पुगेका लामीछानेको आकस्मिक मृत्युको खबरले जन्मगाउँ आलिताल स्तब्ध बनेको छ। हाल शव मणिपाल शिक्षण अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.