डोटीमा शिक्षिका मृत फेला, शिक्षा अधिकृत पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ।डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का आफ्नै घर नजिक झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ। प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

“रावलमाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाइएको छ,” प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

Dadeldhura Hospital

घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ।

मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.