भिम थापाको पहिलो देउडा गीत ‘मेरो आलिताल’ सार्वजनिक

sc mahendra

डडेल्धुरा : आलितालका भिम थापाले ‘मेरो आलिताल बोलको नयाँ देउडा गीत सार्वजनिक गरेका छन् । डेउडा भाकामा गाइएको उक्त गीतमा गायक भिम थापा र चर्चित गायिका गौरी भट्टको स्वर रहेको छ ।
गीतको निर्देशन रुपा शिलालले गरेका छन् भने शब्द र लय राम शिलालको रहेको छ । सो गीतको छायांकन तथा सम्पादन सोनु विकले गरेका हुन् । भिडियोमा भिम थापा स्वयं र निरुता खत्रीले अभिनय गरेका छन् ।

भिम थापाका अनुसार “मेरो आलिताल” बोलको गीतले पर्यटन क्षेत्र आलितालको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
आफ्नै गाउँ र जिल्लालाई चिनाउने उद्देश्यले यो गीत तयार गरेको उनले बताएका छन् ।

उनका अनुसार आलिताल एक सुन्दर पर्यटकिय क्षेत्र हो, जसको पर्याप्त प्रचार–प्रसार नभएकाले धेरैलाई यसको बारेमा थाहा छैन ।
गीतमा डडेल्धुरा जिल्लाका विभिन्न पर्यटकिय स्थलहरूको नाम पनि समेटिएको छ ।
भिम थापा यसअघि पनि थुप्रै लोक तथा देउडा गीतमा शब्द र लय प्रदान गरिसकेका छन् ।
तर, ‘मेरो आलिताल ’ भने उनको पहिलो व्यक्तिगत प्रस्तुतिका रूपमा सार्वजनिक भएको हो ।

उक्त गीत विशेष फिल्म युट्युब च्यानलमार्फत हिजो सार्वजनिक गरिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.