
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । यो खेल बिहीबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् ।
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यस खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान उत्रिनेछन्।
लुम्बिनीको कप्तानी राष्ट्रिय टोलीका नेता रोहितकुमार पौडेलले गरिरहेका छन् भने चितवनको कमान युवा स्टार कुशल मल्लसँग छ। पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै दुई अंक जोडिसकेको चितवन उच्च मनोबलमा रहेको छ। उता, पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रणनीति सहित लुम्बिनी मैदानमा छिरिने तयारीमा छ।


चितवन– बोपारालाई कसले रोक्ने?
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल कप्तानीमा छन् भने टिमको प्रमुख प्रशिक्षक उमेश पटवाल हुन्। नेपाली र विदेशीको उत्कृष्ट मिश्रणसहित तयार भएको चितवनले पहिलो खेलमै आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ।
इङ्ल्यान्डका अनुभवी रवी बोपराले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान खिचेका छन्। सोहेल तनविरको बलिङ र डेविड मलान, सैफ अली जैव, अल्पेस रामजानीको उपस्थितिले चितवन बलियो देखिएको छ।
चितवनमा नेपाली पक्षबाट रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला, दीपक बोहरा र गौतम केसी जस्ता नाम समावेश छन्।
लुम्बिनीको शक्ति
पहिलो संस्करणमा एक खेल मात्र जितेको लुम्बिनी यो सिजन प्रभावशाली सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडीका रूपमा छन् भने पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन टिमसँग विशेषज्ञ प्रशिक्षकका रूपमा आबद्ध छन्।
लुम्बिनीले यस सिजन अस्ट्रेलियाका डार्सी सट र अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ। त्यस्तै विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता प्रभावशाली नाम छन्।
नेपाली खेलाडीको पक्षमा सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल र दिलीप नाथ रहेर लुम्बिनीको स्क्वाड मजबुत बनेको छ।
पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेर दुई अंक बटुलीसकेको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ भने पहिलो खेलमा शानदार खेल प्रदर्शन गर्ने रणनीतिका साथ लुम्बिनी मैदान उत्रिने छ ।



