कञ्चनपुर कारागारभित्र झडपः चिर्पट प्रहारबाट एक कैदी घाइते

sc mahendra

धनगढीः कञ्चनपुर कारागारभित्र थुनुवाबीच भएको आपसी विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा वेदकोट नगरपालिका–९ का गणेश विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार विष्ट लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ का भुवन ऐरले चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ। दुवैजना लागूऔषध सम्बन्धी मुद्दामै थुनामा रहेका व्यक्ति हुन्।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था अहिले खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.