डडेल्धुरा : डडेल्धुरा परशुराम–४ कटाल बजारका व्यवसायीहरूले भोली बिहानै देखि जोगबुदा–परशुराम सडक बन्द गर्ने तयारी गरेका छन्। परशुराम बजार व्यवस्थापन समितिका अध्यक्ष खेम सिंह माल का अनुसार जोगबुदादेखि परशुरामधामसम्मको सडक निर्माण कार्य ठेकेदार कम्पनी नागार्जुन कन्स्ट्रक्सनले समयसीमा नाघिसक्दा पनि अलपत्र छाडिएको बताए।
उनले निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको बताए। अलपत्र सडकका कारण दैनिक जनजीवन प्रभावित भइरहेको भन्दै व्यवसायीहरूले यथाशीघ्र निर्माण कार्य सुरु गरी सम्पन्न गर्न दबाबस्वरूप भोलि बिहानैदेखि सडक बन्द गर्ने निर्णय गरेको जनाइएको छ।
हाल सडकको अवस्था बिग्रिँदा धुलो–धुवाँका कारण स्थानीयको स्वास्थ्यमा समेत नकारात्मक असर परेको भन्दै नागरिकले गुनासो गरेका छन्।
