आज बकर इद पर्वसँगै लगातार ४ दिन सार्वजनिक बिदा

sc mahendra

जेठ १४ : आज बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज (जेठ १४ गते) बिहीबार बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
गृहका प्रवक्ता आनन्द काफ्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

गृहले बकर इदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुझकामना पनि दिएको छ। भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ। त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार चार दिन सार्वजनिब बिदा परेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.