डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी अमरबहादुर वलीलाई

sc mahendra

डडेल्धुरा : गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी अमरबहादुर वलीलाई दिएको छ।

गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले २०८३ जेठ २७ गते गरेको निर्णयअनुसार वलीलाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मन्त्रालयद्वारा जारी पत्रअनुसार वली यसअघि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामै सहायक प्रमुख जिल्ला अधिकारी ९राजपत्रांकित द्वितीय श्रेणी०, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत थिए। अब उनले सोही सेवा तथा समूहअन्तर्गत प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

यसअघि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको गत वैशाख १० गते सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय नेतृत्वविहीन बनेको थियो। कोइरालाले २०८२ मंसिर १२ गतेदेखि डडेल्धुराको प्रशासनिक नेतृत्व सम्हालेका थिए भने पाँच महिनामै उनको सरुवा भएको थियो।

 

डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीका लागि सहसचिव स्तरको दरबन्दी रहेको भए पनि हाल सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत वलीलाई उक्त जिम्मेवारी दिइएको हो। नयाँ जिम्मेवारीसँगै जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह तथा समग्र प्रशासनिक व्यवस्थापनको नेतृत्व अब वलीले गर्नेछन्।

You might also like
Leave A Reply

Your email address will not be published.