डडेल्धुराबाट खैरो हेरोइनसहित ३ जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुराबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन १६० मिलिग्रामसहित ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने बर्ष २६ वर्षीय दिपक खुना, कैलालीको चुरे गाउँपालिका–४ बस्ने २५ वर्षीय निराजन साह र सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको टेलरमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.