बाजुरामा अवैध घरेलु भरुवा बन्दुक बरामद

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बाजुराः बाजुराको गौमुल गाउँपालिकास्थित एक सामुदायिक वनबाट प्रहरीले अवैध घरेलु एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शनिवार गौमुल गाउँपालिका(१ अम्लिसस्थित सूर्योदय सामुदायिक वनभित्र लुकाइछिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले वनभित्र बेवारिसे अवस्थामा राखिएको उक्त अवैध बन्दुक बरामद गरेको जनाएको छ।
बरामद गरिएको बन्दुकलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.