Citizan

कैलाली– ५ मा काँग्रेसले आरजुलाई दोहोर्‍याउने

suchana alital
Chure
lali

धनगढी आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई दोहोर्‍याउने निर्णय भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो।
बुधबार नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो।
अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।
त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फको उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएका छन्। यस्तै प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन्।
नेपाली काँग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ। जसमा गणेशबहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सीताराम राना रहेका छन्।
यस्तै समानुपातिकतर्फ १८ जनाको नाम सिफारिस गरिएको छ। उद्धवबहादुुर विष्ट, सीताराम राना, गणेशबहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुुमार चौधरी, जमुुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमिला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मीप्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरेको सचिव निरज बिष्टले जनकारी दिएका छन्।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.