कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुर: कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु भएको छ। आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा रानाको ज्यान गएको हो।

बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.