घरको छतबाट लडेर कञ्चनपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कञ्चनपुरमा घरको छतबाट खसेका युवकको मृत्यु भएको छ।
शुक्रबार साँझ घरको छतबाट खसेका भीमदत्त नगरपालिका – ६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घरको छतको दोस्रो तलाबाट खसेका नेगीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनकाअनुसार नेगीलाई आमाबुबाले छतबाट भुँइमा खसेको अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।

उनको राति साढे ९ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.