parwat hotel
Citizan

आलितालको चेतना सहकारीद्वारा दुग्ध डेरी संचालन

bhageswar small
Chure

१ असोज, डडेल्धुरा

जिल्लाको भित्रिमधेश क्षेत्रको आतिलाल गाँउपालिका वडा नं.८ गोदाम बजारमा आज एक कार्यक्रमका बिच दुग्ध संकलन केन्द्रको उद्घाटन भएको छ ।
आलिताल गाँउपालिका स्थित श्री चेतना साना किसान कृषि सहकारी संस्था लि.आलिताल डडेल्धुराले सहकारी अन्तर्गत संञ्चालन गर्न लागेका चेतना डेरी उद्योगको आज एक कार्यक्रमका बिच प्रमुख अतिथि एबं आलिताल गाँउपालिका का अध्यक्ष शेर सिँ पार्किले गर्नुभएको हो ।
सहकारीका अध्यक्ष कृष्ण दत्त जोशीको सभापतित्वमा संञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि आलिताल गााउपालिका अध्यक्ष शेर सिँ पार्कि रहनु भएको थियो भने अतिथिको रुपमा वडा नं.८ का वडा अध्यक्ष धन बहादुर देउवा, आलिताल गााउपालिका वडा नं.३ का निवर्तमान अध्यक्ष लोकेश महरा, वडा नं.५ का निवर्तमान अध्यक्ष प्रकाश बहादुर बोहरा , वडा नं.८का वडा सचिव जयलाल शाहु , ,स्थानिय व्यापारी , राजनैतिक दलका प्रतिनिधि एबं आलिताल प्रहरी चौकी प्रमुख भिम भट्ट लगायतको उपस्थिती थियो ।

glam &
Citizan
lali

कार्यक्रममा अतिथि एबं वडा नं.८ का अध्यक्ष धन बहादुर देउवा एबं प्रमुख अतिथि ले शुभकामना मन्तव्य राख्दै यसक्षेत्रको दुग्ध उत्पादनको दिगोपनाको लागी आलिताल गाँउपालिका लागिपर्ने बताउनुभयो । आलिताल गाँउपालिका ले सहकारी लाई दुग्ध संकलन केन्द्र को लागी आवश्यक पर्ने भवन निर्माण तथा उपकरण खरिदका लागी रु २५ लाख ५० हजार अनुदान सहयोग उपलब्ध गराएको थियो । हाल लाई १००० लिटर क्षमता र ५०० लिटर क्षमताका दुई वटा चिलिंगभ्याट मा जम्मा १५०० लिटर दुद्य संकलन गर्न सकिने सहकारीका अध्यक्ष कृष्ण दत्त जोशी ले बताउनु भयो ।

दुग्ध उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिने डडेल्धुराको भित्रि मधेशको आलिताल र परशुराम क्षेत्रमा ७ वटा दुग्ध संकलन केन्द्रहरु संञ्चालनमा रहेकोमा यो संगै८ वटा दुग्ध संकलन केन्द्रहरुमा दुद्य संकलन भई आन्तरिक एबं बाह्य बजार सम्म दुद्य विक्रि हुनेछ । यस अघि नै दुग्द्य उत्पादनको बजारीकरणको लागी श्री चेतना साना किसान कृषि सहकारी संस्था लि.आलिताल डडेल्धुरा र दुग्ध विकास संस्थान अत्तरिया विच दोहोरो सम्झौता मा हस्ताक्षर भईसकेको छ ।

उक्त चेतना डेरी उद्योग उद्घाटन कार्यक्रम को संञ्चालन सहकारीका सह सचिव पुस्कर भट्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य बाट उपस्थित लाई स्वागत संस्थाका प्रवन्धक भवि थापाले गर्नु भएको थियो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.