

डडेल्धुराको आलिताल गाउँ पालिकामा पुनः प्रमुख प्रशासकिय अधिकृतको रुपमा नरेद्र सिंह ठगुन्ना हाजिर भएका छन ।
आलिताल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्ट सरुवा भए पछि ठगुन्ना हाजिर भएका हुन । आलिताल गाउँ पालिकाका लागी ठगुन्ना नयाँ भने होइनन । उनी यस भन्दा अगाडि दुई पटक आलितालको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरि सकेका छन ।
यस अघि ठगुन्ना जोरायल गाउँ पालिकामा कार्यरत थिए ।अहिले आलितालमा कार्य गरिरहेका भट्ट जोरायल सरुवा भए पछि ठगुन्ना पुनः आलितालमा हाजिर भएका हुन् ।
