परशुराममा साइकल सहित खोलामा खस्दा एक किशोरको मृत्यु

bhageswar small

डडेल्धुराः डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ का राजबहादुर बोहराका छोरा अन्दाजी १५ वर्षीय तेज बहादुर बोहराको मृत्यु भएको हो।

सडकबाट साइकलसँगै खोलामा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको बताइएको छ।

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबुडाको टोलीले शव उठाउन मुचुल्का बनाइरहेको छ।

ajayameru small
You might also like
Leave A Reply

Your email address will not be published.