parwat hotel
Citizan

सागर ढकाललाई समर्थन गर्न चर्चित युट्युवर भोज राज थापा डडेल्धुरामा

bhageswar small
Chure

सागर ढकालको समर्थनमा चर्चित युट्युवर भोज राज थापा डडेल्धुरा आइपुगेका छन ।
ढकाललाई समर्थन गर्न डडेल्धुरा आइपुगेको कुरा उनले फेसबुक मार्फत जानकारी दिएका हुन ।
यहि मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभाका लागी गुल्मीका सागर ढकाल स्वतन्त्र उमेदवार रहेका छन । ढकाल प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवासंग प्रतिस्पर्धा गर्दैछन । उनै ढकाललाई सहयोग गर्न चर्चित युट्युवर थापा डडेलधुरा आइपुगेका हुन ।
युट्युवर थापाको फेसबुकमा ६ लाख ६१ हजार फ्लोर्स छन भने उनले संचालन गर्दै आएको मेची महाकाली खबर युट्युव च्यानलमा १.५७ मिलियन सस्क्राइबर छन । पछिल्लो समय उनले काठमाण्डौका मेयर बालेन शाहको कामलाई समर्थनमा धेरै भिडियो बनाएका थिए । थापाले बनाएको भिडियो सामाग्री सामाजिक संजालमा धेरैले हेर्ने गरेका छन । अहिले थापाले आगामी मंसिर ४ को चुनावलाई लक्षित गरेर बिशेष गरि स्वतन्त्र उमेदवारलाई समर्थन गर्दै आइरहेका छन ।

lali


ढकाल आसन्न प्रतिनिधि सभाको निर्वाचनमा देउवालाई पराजित गर्दै प्रधानमन्त्री नै बन्छु भनेर लामो समयदेखि डडेल्धुरामा रहेर चुनाव लक्षित कार्यक्रम गर्दै नागरिकहरुसँग भेटघाटमा व्यस्त रहेका छन । पछिल्लो समय युवा पङ्तिमा स्वतन्त्रको लहर र सागरको पक्षमा केही जनमत देखिए पनि देउवालाई हराउनु उनको दिवा सपना भएको धेरैले टिप्पणी गरेका छन् ।
पाँच पाँच पटक प्रधानमन्त्री बनेका देउवाले २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितिरहेका छन् । नेपाली काङ्ग्रेस भित्र डडेल्धुरामा देखिएको केही गुटबन्दी र टुटफुटले देउवाको राजनितिक भबिष्यमा केही प्रभाव परे पनि एक्लै चुनाव लडेर आगामी निर्वाचन जित्न देउवालाई धेरै सकस भने छैन । अहिले ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा देउवा अघि सारिएकाले देउवालाई हराउँछु भन्नु सागरको हास्यास्पद कुरामात्र भएको स्थानीय नागरिकहरु बताउँछन् ।

glam &
Citizan

को हुन् सागर ढकाल ?

सागर ढकालको घर गुल्मी हो । उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन् । केही वर्ष अगाडि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई चर्को प्रश्न सोधेको र देउवाले नराम्रोसँग हप्काए पछि ढकाल चर्चामा आएका थिए ।
देउवालाई प्रश्न सोध्ने बेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बीई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे । अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६–७ महिना उतै बसेको र पछि चीनमा काम गर्न गएको उनी बताउँछन् । अहिले आएर ४० वर्ष माथिका राजनीतिज्ञहरुलाई अब आराम दिनु पर्छ भनेर उनी प्रधानमन्त्री देउवाकै क्षेत्रबाट चुनाव लड्न तम्सिएका एक युवा हुन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.