रेशम चौधरीलाई स्वागत गर्न भन्दै फूलमाला सहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२६ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।

Dadeldhura Hospital

२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूची (नेगेटिभ लिस्ट)लाई संशोधन गरिने छ ।

एक मन्त्रीका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट हुबहु जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.