गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२७ मंसिर, । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् ।

काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा गरेका थिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्षमा पाण्डेलाई पठाएको थियो । यस्तै उपाध्यक्ष कांग्रेसको कोटाबाट जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भएका हुन् ।

त्यस्तै नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ । महासचिवमा एमालेको तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका हुन् । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएकी छन् । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् ।

पदाधिकारी सहित ३६ सदस्ययी महासंघको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने ९ जना गाउँपालिकाका उपाध्यक्ष र एक जना वडा सदस्य कार्यसमितिमा आएका छन् ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि महाअधिवेशन भएको हो । महाधिवेशन पछि नयाँ कार्यसमिति सहित महासंघले घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

हेर्नुहोस् नयाँ कार्यसमितिको सूचीः

अध्यक्ष :लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका

उपाध्यक्ष : लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका

महासचिव : खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका

सचिव : पार्वती सुनुवार, फिक्कल गाउँपालिका

कोषाध्यक्ष : उमेश भट्ट, अजयमेरु गाउँपालिका

सदस्यहरुस्

इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष

लोकबहादुर मोक्तान, कैलाश गाउँपालिका अध्यक्ष

गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष

सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष

रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष

जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष

वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष

भवानी न्यौपाने, तिनाउ गाउँपालिका ९वडासदस्य०

हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष

तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष

मञ्जु मल्ल खजुरा गाउँपालिका उपाध्यक्ष

दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष

प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष

दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष

सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष

उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष

रामकुमार आचार्य थाक्रे, गाउँपालिका अध्यक्ष

सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष

सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष

दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष

विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष

निशान्त शर्मा, चिसंखगढी गाउँपालिका अध्यक्ष

शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष

दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष

लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष

भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष

पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष

सञ्जु प्याकुरेल, तादी गाउँपालिका उपाध्यक्ष

दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष

दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष

अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.