रुडुक डडेलधुराले बिपद् ब्यवस्थापनका क्षेत्रमा जनशक्ति तयार गर्न तालिम दिएको छ ।
विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा तिन दिने तालिम आलितालमा तालिम दिएको हो । मर्सिकोर नेपाल र ग्रामीण महिला बिकास तथा एकता केन्द्र रुडुक डडेलधुराको सझेदारीमा ३ दिने खोज तथा उद्वार सम्बन्धी तालीम सम्पन्न भएको हो ।
मर्सिकोर नेपाल र ग्रामीण महिला बिकास तथा एकता केन्द्र रुडुक डडेलधुराको सझेदारीमा आलिताल गाउँपालिका र परशुराम नगरपालिका कार्य क्षेत्रका सामुदायिक बिपद् ब्यवस्थापन समिती अन्तर्गतका कार्यदलका सदस्यहरुलाई समुदायमा आधारित १ दिने पूर्व सुचना प्रणाली सम्बन्धी, २ दिने प्राथमिक उपचार सम्बन्धी र ३ दिने खोज तथा उद्वार सम्बन्धी तालीम आलिताल गाउँपालिका सभा हलमा दिइएको थियो ।
प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र बिपद जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा तालिम दिएको रुडुक प्रतिनिधि खगेन्द्र भट्राईले जानकारी दिनुभयो ।
तालिममा सहभागीलाई प्रयोगात्मक तरिकाबाट प्रशिक्षण गरिएको समेत जानकारी दिए ।
तालीम प्रशिक्षण नेपाल रेडक्रस शोसाइटी कैलाली का प्रशिक्षक खगेन्द्र राज जोशी र रतन बहादुर टमटा द्वारा प्रशिक्षण गरिएको थियो।
पुर्व सूचना प्रणाली तालीममा आलिताल गाउँपालिका अध्यक्ष श्री शेर सिंह पार्की ज्युको सभाध्यक्ष मा संचालन गरिएको थियो ।
भने अन्य तालीमहरु गाउँपालिका उपाध्यक्ष श्री मैना कुमारी रावल बोहरा ज्युको सभाध्यक्ष मा संचालन गरिएको थियो । जस्मा पालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत र वातावरण तथा बिपद् ब्यवस्थापन पालिका संयोजक श्री इन्द्र बहादुर रावलको पनि उपस्थिति रहेको थियो ।