आजको मौसम कस्तो रहन्छ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – भदौ ४ , मनसुनको न्यून चापीय रेखा सामान्य भन्दा दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर भए पनि सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव देखिएको छ।

Dadeldhura Hospital

हाल प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो लुम्बिनी, कर्णालीसँगै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा पर्न सक्ने अनुमान छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आज राति पनि सुदूरपश्चिमसहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेस, तराई तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाको पूर्वानुमान छ।

यद्यपि, भारी वर्षाको सम्भावना भने कोशी र गण्डकीका पहाडी भूभागमा रहेको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.