बैतडी केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प

sc mahendra

९ जेठ, बैतडी — आज बिहान बैतडीको खलंगा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ।

बिहान १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो। मस्त निद्रामा रहेका धेरै मानिसहरू एक्कासि भूकम्पको धक्काले त्रसित बनेका थिए।

भूकम्पले के कस्तो क्षति पुर्‍यायो भन्नेबारे भने स्पष्ट विवरण आउन बाँकी छ।

You might also like
Leave A Reply

Your email address will not be published.