घाँस काट्ने क्रममा भीरबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो।

Dadeldhura Hospital

मंगलबार बिहान घाँस काट्ने क्रममा गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार धामी भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन्। उनको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुडा ल्याइएको प्रहरी निरीक्षक बडूले बताए। धामी गाउँका अन्य महिलासँगै घाँस काट्न गएकी थिइन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.