Citizan

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

suchana alital
Chure

कञ्चनपुर : पुनर्वास नगरपालिका वडा नम्बर १० बस्ने एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

lali

शुक्रबार सीमावर्ती भारतीय दुधुवा नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएका महिलाहरूमध्ये पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

glam &
dipti
Citizan

नेपाल-भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफण्टा वन क्षेत्रमा पर्ने एसएसबी क्याम्प लालकुवा नम्बर ८ को दक्षिणपूर्वमा सार्कीको शव फेला परेको कुण्डा सबडिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेशकुमार यादवले जानकारी दिएका छन्।

घाँस दाउरा गर्न गएका अन्य अधिकांश महिला घर फर्किसकेका छन् भने एक महिला अझै सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको बताइएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.