कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर : पुनर्वास नगरपालिका वडा नम्बर १० बस्ने एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

Dadeldhura Hospital

शुक्रबार सीमावर्ती भारतीय दुधुवा नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएका महिलाहरूमध्ये पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपाल-भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफण्टा वन क्षेत्रमा पर्ने एसएसबी क्याम्प लालकुवा नम्बर ८ को दक्षिणपूर्वमा सार्कीको शव फेला परेको कुण्डा सबडिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेशकुमार यादवले जानकारी दिएका छन्।

घाँस दाउरा गर्न गएका अन्य अधिकांश महिला घर फर्किसकेका छन् भने एक महिला अझै सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.