दु:खद खबर:बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

sc mahendra

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका ( ८, झौलेक मोडमा मंगलबार राति करिब ११ स् २५ बजे जिप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् । उनीहरू सबै एकै गाउँका हुन्।

जिपमा सवार पाँच जना सकुशल छन् । जिप सडकबाट खस्ने क्रममा हाम फालेर उनीहरुले ज्यान बचाएको प्रहरीले जनाएको छ ।

जिप चालक भने सम्पर्कविहीन छन् ।​ झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १२ जना सवार रहेको बताइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.