दशरथचन्द राजमार्गको अनारखोलीमा बस दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोलीमा बस दुर्घटना भएको छ। बैतडीको पाटन नगरलालिका-८ मा पर्ने उक्त स्थानमा नेपालगन्ज मेडिकल कलेजको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

केही बेरअघि(सोमबार राति १० बजे) भे १क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो। बसमा १७ जना सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ। अहिले प्रहरी र स्थानीय उद्दारमा खटिएका छन्।

मेडिकल कलेजको बस दार्चुलामा स्वास्थ्य शिविरको लागि आउँदै गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लाेकराज जाेशीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.