चेक बाउन्स गरी ठगी गरेको आरोपमा एक वडाअध्यक्ष पक्राउ

sc mahendra

डडेल्धुरा दार्चुलाका एक वडाअध्यक्ष चेक बाउन्स गरी ठगी गरेको आरोपमा कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी अत्तरियाबाट पक्राउ परेका हुन्। उनलाई चेक बाउन्स गरी ठगी गरेको आरोपमा अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३५ लाखको चेक कैलालीका टेक कुँवरलाई दिएका थिए।

उक्त खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले गत फागुन महिनामा ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा धामीलाई यही जेठ २५ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए। ‘केही प्राविधिक समस्याले पक्राउ गर्न ढिलो भएको थियो, अब हामी छिटै अनुसन्धान सकेर धामीलाई अदालतमा बुझाउछौँ’ डिएसपी बरालल भने।

धामीलाई मालाखेती प्रहरीको थुनामै राखेर अनुसन्धान भइरहेको डिएसपी बरालले जानकारी दिए। धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.