Citizan

लुकिछिपी बस्दै आएका शिव शिखर सहकारीका अध्यक्ष शर्मा भारतबाट पक्राउ

suchana alital
Chure

धनगढीः १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतमा पक्राउ परेका छन्।

lali

शर्मालाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको हो। उनलाई सीआईबीले सोमबार नेपाल ल्याएको छ। भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो।

glam &
dipti
Citizan

शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो।

शिवशिखर सहकारीका सुदुरपश्चिमको कैलाली, कञ्चनपुर ,डोटी र डडेल्धुरामा पनि शाखा कार्यालय रहेका छन्।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.